काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सरकारले औपचारिक रूपमा प्राप्त गरेपछि सोही आधारमा आवश्यक थप प्रक्रिया अघि बढाइने सरकारले स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिवेदन प्राप्त भएपछि सरकारको तर्फबाट आवश्यक निर्णय तथा प्रक्रिया अघि बढ्ने बताएका हुन्।
उनका अनुसार आयोगको प्रतिवेदन औपचारिक रूपमा सरकारसमक्ष आइसकेपछि त्यसमा उल्लेख विषयहरूको अध्ययन गरी आगामी कदम तय गरिनेछ।
यसअघि आयोगले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दलका केही सांसदहरूमाथि समेत थप अनुसन्धान तथा कारबाहीको सिफारिस गरेको सार्वजनिक भएको छ।







