२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलभित्र एमआरपीभन्दा बढी शुल्क असुली, चार व्यवसायलाई १२ लाख रुपैयाँ जरिवाना

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित खाद्य व्यवसायहरूको अनुगमनका क्रममा उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुली गरेको पाइएको चार व्यवसायलाई कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री, गुणस्तरहीन तेल तथा खाद्य पदार्थसमेत नष्ट गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितको संयुक्त टोलीमार्फत वैशाख १० गते विमानस्थलभित्र रहेका होटल, रेस्टुरेन्ट तथा क्याफेहरूको निरीक्षण तथा अनुगमनका क्रममा लेवलमा उल्लेख गरिएको मूल्य भन्दा बढी लिएको भेटिएसँगै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​द्धारा जरिवाना गरेको जनाएको छ ।

अनुगमनका क्रममा साई किरण इन्टरप्राइजेज, टी–थ्री थकाली ग्रुप प्रा.लि., ओरिएन्टल होटल्स प्रा.लि. र सान इन्टरप्राइजेजले खाद्य वस्तुमा उल्लेख गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको पाइएको विभागले जनाएको छ। त्यसपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती चारवटै व्यवसायलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरेको हो।

टी–थ्री थकाली ग्रुप प्रा.लि.को निरीक्षणका क्रममा खाद्य पदार्थ खुला रूपमा राखिएको, सरसफाइको अवस्था कमजोर रहेको तथा भण्डारण कक्षमा म्याद नाघेका खाद्य रङ र सुगन्धजन्य सामग्री फेला परेको थियो। अनुगमन टोलीले त्यहाँ रहेका चार बट्टा म्याद नाघेका कलर र फ्लेभर नष्ट गरेको जनाएको छ।

ओरिएन्टल होटल्स प्रा.लि.मा भान्साको सरसफाइ सन्तोषजनक नरहेको, डस्टबिन खुला राखिएको तथा म्याद नाघेको खाद्य रङ प्रयोगका लागि राखिएको पाइएको थियो। साथै फ्राइङ तेलको गुणस्तर परीक्षण गर्दा मापदण्डभन्दा बढी टीपीएम (टोटल पोलार मटेरियल) भेटिएपछि करिब तीन लिटर तेल र सोही तेलमा तयार गरिएको करिब दुई किलोग्राम समोसा नष्ट गरिएको विभागले जनाएको छ।

साई किरण इन्टरप्राइजेजमा बिक्रीका लागि राखिएको क्रोइसान्टमा उपभोग्य अवधि समाप्त हुने मिति स्पष्ट रूपमा उल्लेख नगरिएको पाइएको थियो। यद्यपि सरसफाइको अवस्था सामान्य रहेको विभागको प्रतिवेदनमा उल्लेख छ।

होराइजन क्याफेमा बेकरीजन्य खाद्य वस्तुहरूमा अनिवार्य लेबल नलगाइएको भेटिएपछि प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गर्नुका साथै लेबलिङ व्यवस्था लागू गर्न निर्देशन दिइएको छ। होटल सोनिगबाट पनि बटर मफिनको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ।

0 Comments