२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मे महिनामा नेपालमा पर्यटक आगमन १ लाख नाघ्यो, अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य वृद्धि

अ+ अ-

काठमाडौँ । सन् २०२६ को मे महिनामा नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांक उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार उक्त महिनामा कुल १ लाख २ हजार ६२६ पर्यटक नेपाल भित्रिएका छन् ।

यो संख्या सन् २०२५ को सोही अवधिको तुलनामा १९.०३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । साथै, यो आगमन स्तर सन् २०१९ को कोभिडपूर्वको मे महिनाको तथ्यांकभन्दा पनि उच्च रहेको बोर्डले जनाएको छ, जुन वर्ष ७८ हजार ३२९ पर्यटक आएका थिए ।

प्रि-मनसुन सिजनमा पर्ने मे महिनामा पर्वतारोहण तथा पदयात्रा गतिविधि बढ्ने भएकाले पर्यटक आगमनमा वृद्धि देखिने गर्छ । साथै, गर्मी मौसमबाट राहत खोज्दै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउने प्रवृत्ति पनि यस अवधिमा देखिन्छ ।

पर्यटन बोर्डका अनुसार हवाई मार्गमार्फत आउने भारतीय नागरिकलाई मात्र पर्यटकका रूपमा गणना गरिने प्रावधानअनुसार भारतीय पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । मे २०२६ मा भारतबाट ४० हजार ७८२ पर्यटक आएका छन्, जुन अघिल्लो वर्ष २८ हजार १६० को तुलनामा ३२.६६ प्रतिशतले बढी हो । यसले समग्र सार्क क्षेत्रको आगमनमा समेत सकारात्मक प्रभाव पारेको छ ।

सार्क मुलुकबाट कुल ४७.२२ प्रतिशत पर्यटक आगमन भएको तथ्यांक छ । बंगलादेशबाट ५ हजार २९८, भुटानबाट १ हजार ३६०, पाकिस्तानबाट ४३४ र श्रीलंकाबाट ५८० पर्यटक नेपाल आएका छन् । सार्क क्षेत्रबाट समग्रमा अघिल्लो वर्षको तुलनामा ३३।४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ ।

त्यस्तै, चीनबाट पनि पर्यटक आगमन बढेको छ । मे महिनामा चीनबाट ११ हजार ५१४ पर्यटक आएका छन्, जुन सन् २०२५ को ८ हजार ८२४ को तुलनामा उल्लेख्य वृद्धि हो ।

अन्य एसियाली मुलुकबाट समेत कुल आगमनको १९।९४ प्रतिशत हिस्सा ओगट्ने गरी पर्यटक आएका छन् । यसअन्तर्गत जापानबाट १ हजार ७५६, मलेसियाबाट २ हजार ८५७, फिलिपिन्सबाट ६०४, दक्षिण कोरियाबाट १ हजार २१७, थाइल्याण्डबाट ८२४, इण्डोनेसियाबाट ४२८, सिंगापुरबाट ४४६, भियतनामबाट ४४६ तथा म्यानमारबाट ३३५ पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ ।

युरोपेली बजारबाट १३.१० प्रतिशत पर्यटक आगमन भएको छ । यस क्षेत्रमा बेलायतबाट ३ हजार ३७५, जर्मनीबाट १ हजार ५४८, रुसबाट १ हजार ५५०, नेदरल्याण्डबाट १ हजार २७८ तथा फ्रान्सबाट १ हजार १५४ पर्यटक नेपाल आएका छन् ।

अस्ट्रेलियाबाट २ हजार ७० पर्यटक भित्रिएका छन् भने अमेरिकी क्षेत्रबाट १०.३५ प्रतिशत हिस्सा रहेको छ । सो क्षेत्रअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट ९ हजार १ पर्यटक आएका छन् । यद्यपि अघिल्लो वर्षको तुलनामा अमेरिकी पर्यटक संख्यामा सामान्य गिरावट देखिएको तथ्यांकमा उल्लेख छ ।

0 Comments