२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक विवाद र नेतृत्वबीचको मतभेदलाई लिएर नेता ज्ञानेन्द्र शाहीले कडा असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी नेतृत्वको व्यवहार र निर्णय प्रक्रियाप्रति उनले सार्वजनिक रूपमा आलोचना गरेका हुन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीचको पछिल्ला असहमति तथा अलग राजनीतिक तयारीका संकेतबीच शाहीले नेतृत्व तहको गतिविधिलाई लक्षित गर्दै असन्तोष प्रकट गरेका हुन्।

उनले नेतृत्वबीचको आन्तरिक प्रतिस्पर्धा र पदकेन्द्रित विवादका कारण पार्टीभित्र कार्यकर्तामा निराशा बढिरहेको दाबी गरेका छन्। उनका अनुसार संगठनभित्र विभाजन र आरोप-प्रत्यारोपले युवापुस्ताको विश्वास कमजोर बनाइरहेको छ।

शाहीले नेतृत्व परिवर्तन, चुनावी पराजय र जिम्मेवारीबोधका विषयलाई लिएर पनि प्रश्न उठाएका छन्। उनका भनाइमा पार्टीभित्र एक पक्षले निरन्तर हारको जिम्मेवारी नलिने र अर्कोतर्फ औपचारिक चुनावी प्रक्रियामा नजाँदै नेतृत्व दाबी गर्ने प्रवृत्ति देखिएको छ, जसले संगठनात्मक असन्तुलन बढाएको छ।

उनले नेताहरूलाई व्यक्तिगत आरोप-प्रत्यारोप र विभाजनको अभ्यास त्याग्दै एकतामुखी संवादमा फर्किन आग्रह गरेका छन्। उनका अनुसार नेतृत्व पदमा टिकिरहने विषय नभई आवश्यक परे जिम्मेवारी हस्तान्तरण गर्न सक्ने क्षमता पनि हुनुपर्ने विषय हो।

शाहीले वर्तमान परिस्थितिलाई देखावटी संवाद र विज्ञप्ति जारी गर्ने शैलीभन्दा बाहिर ल्याएर वास्तविक छलफलमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीभित्रको पछिल्लो अवस्थाले संगठन मात्र होइन, कार्यकर्ताको मनोबल र युवापुस्ताको भरोसा समेत कमजोर बनाएको टिप्पणी गरेका छन्।

0 Comments