२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको तलबी विवरण अब अनलाइनमार्फत उपलब्ध, किताबखाना सेवा पूर्ण रूपमा डिजिटलतर्फ

अ+ अ-

काठमाडौँ। बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया तीव्र बनेसँगै राष्ट्रिय किताबखाना (निजामती) मा बढेको भीड व्यवस्थापन गर्न सरकारले सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ।

अब कर्मचारीहरूले तलबी विवरण लिन कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ।

राष्ट्रिय किताबखाना (निजामती) ले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरु गरेको जनाएको छ। कार्यालयका महानिर्देशक श्रवण कुमार पोखरेल का अनुसार वेबसाइटमार्फत २०१७ सालदेखि हालसम्मका पद, तलब स्केल तथा ग्रेडसम्बन्धी विस्तृत विवरण ‘तलब र ग्रेड सिट’ शीर्षकमा उपलब्ध गराइएको छ। साथै, आवश्यक गणनाका लागि अनलाइन क्याल्कुलेटरसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

किताबखानाले सेवाग्राहीलाई पूर्ण रूपमा ‘फेसलेस’ सेवा प्रणालीमा लैजाने निर्णय गरेसँगै अब विवरण लिन भौतिक रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता अन्त्य भएको जनाएको छ।

सेवाग्राहीले दुई डिजिटल माध्यमबाट आफ्नो तलबी विवरण प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। पहिलो विकल्पअन्तर्गत तोकिएको ह्वाट्सएप नम्बरमा नाम, दर्जा र संकेत नम्बर पठाएर विवरण माग गर्न सकिनेछ। तर सो माध्यमबाट पठाइएको जानकारी २४ घण्टाभित्र स्वतः मेटिने भएकाले आवश्यक परे पुनः अनुरोध गर्नुपर्ने व्यवस्था छ।

दोस्रो विकल्पमा ईमेलमार्फत नाम, पद र संकेत नम्बर पठाएर विवरण लिन सकिनेछ। यसलाई तुलनात्मक रूपमा दीर्घकालीन, सुरक्षित र भरपर्दो माध्यमका रूपमा लिइएको विभागले जनाएको छ।

कहिलेकाहीँ प्राविधिक कारणले विवरणमा त्रुटि हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित व्यक्तिले वेबसाइटमै उपलब्ध ‘तलब र ग्रेड सिट’ प्रयोग गरी आफैँ गणना गर्न सक्ने सुविधा पनि राखिएको छ।

किताबखानाले डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई झन्झटरहित बनाउँदै सेवाग्राहीलाई कार्यालयमा भीड नगर्न र अनलाइन माध्यमको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

0 Comments