२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समतामूलक र समावेशी समाज निर्माणमा एकताबद्ध हुन मुख्यमन्त्री यादवको आह्वान

अ+ अ-

काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै समानता, न्याय र समावेशीतामा आधारित समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

सन्देशमा उनले जातीय भेदभाव र छुवाछूत मानव अधिकारविरुद्धको गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्य सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको स्पष्ट पारेका छन्। उनले जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको जानकारी दिए।

मुख्यमन्त्री यादवले संविधानले मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई स्वीकार गर्दै सामाजिक न्याय, समानता र समावेशीतालाई सुनिश्चित गरेको उल्लेख गरेका छन्। साथै, राज्यले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता लिएको उनले दोहोर्‍याएका छन्।

उनका अनुसार कानुनी व्यवस्था भए पनि समाजमा अझै परम्परागत सोच, अन्धविश्वास र विभेदका अवशेष पूर्ण रूपमा हट्न सकेका छैनन्। त्यसैले राज्यका निकाय, राजनीतिक नेतृत्व, नागरिक समाज र आम नागरिक सबैले जातीय विभेद अन्त्यका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिएका छन्।

सन्देशको अन्त्यमा मुख्यमन्त्री यादवले यो दिवसले विभेदरहित, सभ्य र समुन्नत समाज निर्माणतर्फ सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

0 Comments