२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिवाइडी गाडी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग

अ+ अ-

काठमाडौँ । मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै प्रतिनिधि सभामा संसदीय छानबिन समिति गठनको माग गरिएको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अर्थ मन्त्रालयले गठन गरेको समितिले प्रभावकारी र निष्पक्ष अनुसन्धान गर्न नसक्ने दाबी गर्दै संसदीय छानबिन आवश्यक रहेको बताए।

उनले बहालवाला अर्थमन्त्रीमाथि नै प्रश्न उठिरहेको अवस्थामा अर्थ मन्त्रालयअन्तर्गतको समितिबाट हुने अनुसन्धानप्रति विश्वास गर्न नसकिने उल्लेख गरे। “देशको बहालवाला मन्त्री र अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालयले गर्ने होइन, संसदीय छानबिन समिति चाहिन्छ,” उनले भने।

सांसद शाहीले भन्सार छलीको आशंकासहित सयौँ सवारीसाधन नेपाल भित्रिएको विषयलाई गम्भीर प्रकृतिको घटना भएको बताए। उनले करका दर परिवर्तनसम्बन्धी गोप्य सूचना बाहिरिएको आशंका गर्दै त्यसबारे पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे।

“करका दर हेरफेर गर्ने सूचना कसरी बाहिरियो ? त्यो सामान्य कर्मचारीलाई थाहा हुने विषय होइन,” उनले संसदमा भने। करसम्बन्धी संवेदनशील जानकारी सीमित उच्च तहका अधिकारीहरूसँग मात्र रहने भएकाले घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

शाहीले यस प्रकरणलाई सुशासनसँग जोडिएको विषय भन्दै सरकारले पारदर्शी ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे। अर्थमन्त्रीमाथि पनि निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने उनको माग थियो।

उनले विगतमा पनि सरकारका मन्त्रीहरूमाथि प्रश्न उठ्दा सरकारले आफैं समिति गठन गरेर अनुसन्धान गराउने र अन्तत: आफूलाई निर्दोष सावित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।

यसअघि सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७४ वटा विद्युतीय सवारीसाधनलाई नियन्त्रणमा लिएपछि उक्त विषय थप अनुसन्धानका लागि अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। सोही समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै संसद्मा संसदीय छानबिनको माग गरिएको हो।

0 Comments