२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै जिल्लामा भूमि समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन

अ+ अ-

काठमाडौँ । सरकारले भूमिसम्बन्धी विवाद तथा समस्या व्यवस्थापनलाई जिल्लास्तरबाटै अघि बढाउने उद्देश्यसहित ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत जिल्लाहरूमा पठाइएको परिपत्रअनुसार मन्त्री स्तरीय निर्णयबाट सात सदस्यीय समिति गठन गरिएको हो।

व्यवस्थाअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले समितिको नेतृत्व गर्नेछन्। समितिमा प्रमुख जिल्ला अधिकारीले तोकेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला सदरमुकाममा रहेका भूमि प्रशासन कार्यालय प्रमुख, डिभिजन वन कार्यालय प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका एक अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ। नापी कार्यालय प्रमुखलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

यसअघि मन्त्रिपरिषद्को गत जेठ १९ गतेको निर्णयबाट बलभद्र बास्तोलाको नेतृत्वमा केन्द्रीयस्तरको भूमि समस्या समाधान समिति गठन भइसकेको छ।

सरकारले नवगठित जिल्ला समितिहरूलाई स्थानीय तहमा देखिएका भूमिसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ।

यसअघि भूमि समस्या समाधान आयोग केन्द्र र जिल्लास्तरमा राजनीतिक नियुक्तिका आधारमा सञ्चालन हुँदै आएको थियो। तर, सरकारले हालै अध्यादेशमार्फत उक्त आयोग खारेज गरेपछि नयाँ संरचनाअनुसार समितिमार्फत काम अगाडि बढाउने व्यवस्था गरिएको हो।

0 Comments