२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, चरित्र हत्याविरुद्ध कडा चेतावनी

अ+ अ-

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफ्नो नियुक्तिपछि समाजमा मिश्रित प्रतिक्रिया देखिएको महसुस गरेका छन्। शपथ ग्रहणपछि मन्त्रालय पुगेर पदभार सम्हाल्ने क्रममा उनले केही पक्ष उत्साहित र केही असन्तुष्ट रहेको संकेत गरेका हुन्।

मन्त्रालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफू सरकारमा आउँदा एक पक्ष खुसी र अर्को पक्ष असन्तुष्ट भएको अनुभूति भएको बताए। उनका अनुसार आफ्नो आगमनलाई लिएर समाजमा फरक-फरक धारणा देखिएको छ।

गृहमन्त्री गुरुङले आफूमाथि विभिन्न आरोप लागे पनि ती सबै सहने क्षमता रहेको उल्लेख गर्दै प्रमाणविहीन रूपमा कुनै पनि नेपाली नागरिक, विशेष गरी महिलामाथि चरित्र हत्या नगर्न चेतावनी दिएका छन्।

उनले सामाजिक रूपमा फैलाइने आरोप र टिप्पणीका कारण व्यक्तिको सम्मानमा चोट पुग्न सक्ने भन्दै यस्ता गतिविधिप्रति मन्त्रालय गम्भीर रहने बताए। उनका अनुसार चरित्र हत्या र अपमानजनक व्यवहार नियन्त्रण गर्न गृह प्रशासन संवेदनशील रूपमा अघि बढ्नेछ।

गुरुङले विशेष गरी महिलाहरू लक्षित गरिने चरित्र हत्या रोक्नुपर्नेमा जोड दिँदै यस्ता घटनामा कडा निगरानी र आवश्यक कारबाही हुने संकेत गरे। साथै, मिडिया ट्रायलका कारण कुनै पनि व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

0 Comments