काठमाडौँ । प्रतिनिधि सभामा देखिएको श्रम संस्कृति पार्टीको अवरोध अन्त्य भएको छ।
सभामुख डोलप्रसाद अर्यालले सो पार्टीलाई सदनमा बोल्न समय उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो। त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको छ।
बैठकमा अहिले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो धारणा राखिरहेका छन्।
यसअघि विपक्षी भूमिकामा रहेका श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूलाई बोल्ने अवसर नदिइएको भन्दै असन्तुष्टि जनाउँदै सदनको वेल घेराउ गरेका थिए।
सभामुख अर्यालले भने उक्त पार्टीका तर्फबाट समय माग नभएकाले बोल्ने अवसर प्रदान नगरिएको स्पष्ट पारेका थिए। तर पार्टीका सांसदहरूले आफूहरूलाई पनि अन्य दलसरह बोल्न दिनुपर्ने माग गर्दै निरन्तर विरोध जनाएका थिए।







