२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुस्बु ओलीले दिइन् साइबर ब्युरोमा उजुरी, एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की र घृणायुक्त अभिव्यक्ति विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्।

सांसद ओलीले आफूले पछिल्ला केही सातायता संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रिया स्वरूप संगठित रूपमा सामाजिक सञ्जालमा आक्रमण, गालीगलौज, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिको सामना गर्नुपरेको बताएकी छन्।

उनका अनुसार सयौँबाट सुरु भएका यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या हजारौँसम्म पुगेको छ। व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार, ज्यान मार्ने धम्की तथा भौतिक आक्रमण गर्ने अभिव्यक्तिहरू आएको भन्दै उनले केही व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्।

ओलीले उजुरी दर्तापछि एक जना व्यक्ति पक्राउ परिसकेको र उनी कानुनी प्रक्रियामा रहेको जानकारी पनि दिएकी छन्।

सोमबार खुश्वुले सामाजिक सञ्जाल लेख्दै भनेकी छन्, ‘विगत केही सातादेखि मैले संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रिया स्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, गालीगलौज, चरित्रहत्या र घृणायुक्त अभिव्यक्तिहरू निरन्तर आइरहे। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या सयौँबाट हजारौँमा पुग्यो। मेरो व्यक्तिगत मोबाइल फोनदेखि लिएर म्यासेन्जरसम्ममा बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका अभिव्यक्तिसम्म आए। आज मैले यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको छु। आज नै एक जना व्यक्ति पक्राउ परिसकेका छन् र कानुनी प्रक्रियाको सामना गर्दै छन्।

मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम नागरिकहरूले कठोरभन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो। तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिनँ। टिकटक, युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा मेरो बारेमा सामग्री अपलोड गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने, घृणा फैलाउने सबैलाई म स्पष्ट रूपमा सचेत गराउन चाहन्छु। अझै पनि त्यस्ता सामग्रीहरू हटाउने समय तपाईँहरूसँग छ। अन्यथा, आजदेखि नै कानुनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस्। सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्तिप्रति मेरो शून्य सहनशीलता रहनेछ। आज सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति, गालीगलौज, धम्की र चरित्रहत्यालाई चुपचाप सहेर बस्न बाध्य भएका हजारौँ नागरिक—महिला र पुरुष दुवै छन्। जब यस्ता व्यवहारहरूलाई सहिन्छ, त्यस्ता कार्य गर्नेहरू अझ प्रोत्साहित हुन्छन् र उनीहरूको अराजकता झनै फैलिन्छ।

हामीले सामाजिक सञ्जालमा घृणायुक्त अराजकतालाई सामान्यीकरण गर्नु हुँदैन। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहार स्वीकार गर्न सकिँदैन। आज गरिएको एउटा कानुनी र जिम्मेवार पूर्ण कदम सानो देखिन सक्ला, तर यसले भोलिको समाजलाई केही बढी सभ्य, सुरक्षित र उत्तरदायी बनाउन योगदान पुर्‍याउन सक्छ। सामाजिक सञ्जालमा फैलिरहेको घृणायुक्त अराजकता र घृणाको संस्कृतिप्रति शून्य सहनशीलताको सन्देश दिनु हामी सबैको सामाजिक र नैतिक जिम्मेवारी पनि हो। यस संवेदनशील विषयप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गर्नुभएकोमा माननीय गृहमन्त्रीज्यू तथा नेपाल प्रहरीको साइबर ब्युरोप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

Leave a Reply