काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेलस्थित होटेलबाट अवैध लागू औषध कोकिन १ किलो ५ सय ग्राम सहित ३ जना विदेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक ४३ वर्षीय अमादु सर, भारत खानपुर गाउँ, दक्षिण दिल्ली बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन् ।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले होटेल तलासी गर्दा उक्त कोकिन फेला पारी अमादु सारलाई मंगलबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएका रुबी र सोनीलाई सोही होटेलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







