२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको बजेटप्रति एमालेको असन्तुष्टि, देश निर्माणमा विश्वास नदेखिएको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै त्यसले देश विकासको स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महरले बजेटमा जनअपेक्षाअनुसार परिवर्तनकारी योजना र प्रभावकारी कार्यदिशा नदेखिएको आरोप लगाए। उनले अर्थमन्त्रीको प्रस्तुत शैली र व्यवहारप्रति समेत आपत्ति जनाउँदै जिम्मेवार पदमा रहेको व्यक्तिबाट अपेक्षित गम्भीरता नदेखिएको बताए।

उनका अनुसार बजेटमा आर्थिक रूपान्तरण र विकासको नयाँ आधार तयार गर्ने ठोस विषयवस्तु नभएको भन्दै उनले यसलाई जनताको आवश्यकता सम्बोधन गर्न नसक्ने दस्तावेजको संज्ञा दिए।

महरले अर्थमन्त्रीले प्रतिपक्षप्रति सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बजेट निर्माण र कार्यान्वयनसम्बन्धी विषयमा थप छलफल आवश्यक रहेको बताए। उनले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत राखे।

उनले विगतका विभिन्न विषयमा छानबिन गर्न अर्थमन्त्रीलाई चुनौती दिँदै आर्थिक सुशासनका सवालमा स्पष्ट जवाफ दिनुपर्ने बताए।

महरले प्रधानमन्त्रीले देश निर्माणका लागि अघि सारेको टोलीमा अर्थमन्त्रीको भूमिकालाई लिएर पनि प्रश्न उठाए। उनले बजेटप्रति प्रधानमन्त्री स्वयं विश्वस्त नरहेको संकेत देखिएको दाबी गरे।

0 Comments