२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिका विषयमा सभामुखले आवश्यक निर्देशन जारी नगरेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीबाट आएको भनिएको गलत अभिव्यक्ति हालसम्म सच्याइएको नदेखिएको बताए। उक्त विषयमा सभामुख डोलप्रसाद अर्यालले पनि कुनै रुलिङ नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

सांसद शर्माले सम्बन्धित अभिव्यक्तिको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिनुपर्ने र संसदमा उपस्थित भएर त्यसलाई स्पष्ट वा सच्याउनुपर्ने धारणा राखे। त्यसो नभएसम्म आफ्नो दलको विरोध कायम रहने उनको भनाइ थियो।

उनले संसद्को गरिमा र मर्यादामाथि असर पुग्ने गतिविधि भइरहेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए। सरकार संसद्प्रति पर्याप्त रूपमा जवाफदेही र उत्तरदायी हुन नसकेको गुनासो समेत उनले गरे।

प्रतिनिधिसभा बैठकमा उठाइएको उक्त विषयले सरकार र संसदबीचको उत्तरदायित्व तथा संसदीय प्रक्रियासम्बन्धी बहसलाई पुनः चर्चामा ल्याएको छ।

Leave a Reply