काठमाडौँ । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरिएको छ।
बुधबार बिहान मधेश भवनस्थित मन्त्रालय अगाडि पार्किङ गरी राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहान करिब ११ बजेतिर उक्त घटना भएको हो। तोडफोड गर्दा गाडीमा राखिएको मन्त्रीको झण्डा भाँचेर फालिएको बताइएको छ।घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले तोडफोडमा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन।







