१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलुमा साङ्ला भेटिएपछि अनुगमन, थप कैफियत फेला परेपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक अनुगमनका क्रममा खाद्य सुरक्षा मापदण्डका थप उल्लंघन फेला परेपछि कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सचिवालयले जारी गरेको जानकारीमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले अनुगमन गरेको र त्यसक्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु, कृत्रिम खाद्य रङको प्रयोग तथा अन्य कैफियत भेटिएपछि कारबाही गरिएको उल्लेख छ।

यद्यपि, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको अनुगमन विवरणमा भने साङ्ला भेटिएको पुष्टि गरिएको छैन। विभागले उजुरीका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत आकस्मिक अनुगमन गरिएको र निरीक्षणका क्रममा खाद्य सुरक्षा मापदण्ड विपरीतका विभिन्न कैफियत फेला परेको उल्लेख गरेको छ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले प्रशासनसँग कुरा गर्दै आलुमा साङ्ला भेटिएको विषय उजुरीको आधार भएको स्पष्ट पारिन्। “हिजो आलुमा साङ्ला भेटिएको भनेर उजुरी परेको हो। त्यसरी परेको उजुरी सम्बोधन गर्ने क्रममा गएको टोलीले थप कैफियत भेटाएको हो,” उनले भनिन्।

विभागका अनुसार अनुगमनका क्रममा एक-एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपीएमभ्यालू ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको थियो। सरसफाइ भने सन्तोषजनक रहेको र पेस्ट कन्ट्रोलको व्यवस्था सामान्य अवस्थामा रहेको विभागले जनाएको छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। साथै उपभोग्य मिति गुज्रिएका खाद्यवस्तुको थप अनुसन्धानका लागि नमुना संकलन गरिएको, उच्च टीपीएम भएको करिब एक लिटर तेल तथा लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको विभागले जनाएको छ।

विभागले सम्बन्धित व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न, फ्रिजको व्यवस्थित प्रयोग गर्न तथा खाद्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशनसमेत दिएको छ।

0 Comments