१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरीगंगा इन्जिनियर कुटपिट प्रकरण : कर्मचारीद्वारा काम ठप्प पार्ने चेतावनी, पीडितले पनि मागे कानुनी कारबाही

अ+ अ-

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाका इन्जिनियर (अधिकृत छैटौँ) गणेश कार्कीमाथि कार्यालय परिसरमै भएको कुटपिट घटनाले नयाँ मोड लिएको छ। घटनापछि पीडित इन्जिनियरले प्रमुख जिल्ला अधिकारीसमक्ष दोषीविरुद्ध कानुनी कारबाही र आफ्नो सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने नगरपालिकाका कर्मचारीहरूले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरेसम्म नियमित कामकाज नगर्ने चेतावनी दिएका छन्।

बुधबार सार्वजनिक दुई छुट्टाछुट्टै विज्ञप्तिअनुसार, इन्जिनियर कार्कीले प्रमुख जिल्ला अधिकारीलाई दिएको निवेदनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा नदीजन्य पदार्थसम्बन्धी विषयमा छलफल सम्पन्न भएपछि आफू कार्यकक्षतर्फ जाने क्रममा निर्माण व्यवसायी कमल खड्काले नगर प्रमुखको कार्यकक्षबाहिर कुनै कारणबिना आफूमाथि आक्रमण गरेको उल्लेख गरेका छन्। निवेदनमा अश्लील तथा अपमानजनक शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिई कुटपिट गरिएको दाबी गरिएको छ।

कार्कीले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न, आफ्नो जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा घटनासम्बन्धी विद्युतीय प्रमाण आवश्यक परे अनुसन्धानका क्रममा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

यस्तै, ‘भेरीगंगा नगरपालिका कार्यालय कर्मचारी परिवार’ का तर्फबाट जारी विज्ञप्तिमा कार्यालय समयमै कर्मचारीमाथि भएको कुटपिट र ज्यान मार्ने धम्कीको घटनालाई गम्भीर रूपमा लिँदै निर्माण व्यवसायी कमल खड्कालाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न माग गरिएको छ। कर्मचारीहरूको सुरक्षा सुनिश्चित नभएसम्म कार्यालयका कर्मचारीहरूले कुनै पनि नियमित कामकाज नगर्ने निर्णयसमेत विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्। सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै कर्मचारीहरूले सुरक्षाको प्रत्याभूति भएपछि मात्रै नियमित सेवा सञ्चालन गर्ने जनाएका छन्।

यसअघि प्रशासनले प्रकाशित गरेको समाचारअनुसार, नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री, इन्जिनियर कार्की तथा निर्माण व्यवसायीहरूबीच नदीजन्य पदार्थसम्बन्धी विषयमा छलफल सम्पन्न भएपछि सहभागीहरू बाहिरिने क्रममा नगर प्रमुखको कार्यकक्षअगाडि निर्माण व्यवसायी कमल खड्काले इन्जिनियर कार्कीमाथि हातपात गरेका थिए।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले सार्वजनिक कार्यालयभित्र कार्यरत कर्मचारीमाथि भएको यस्तो दुर्व्यवहार गम्भीर र निन्दनीय भएको बताउँदै दोषीविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताएका थिए। अहिले पीडितको औपचारिक निवेदन र कर्मचारीहरूको सामूहिक विरोध सार्वजनिक भएसँगै घटना थप प्रशासनिक र कानुनी प्रक्रियामा समेत अघि बढेको छ ।

0 Comments