१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाका इन्जिनियरमाथि कार्यालयमै निर्माण व्यवसायीले गरे कुटपिट

अ+ अ-

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यालय समयमै एक निर्माण व्यवसायीले नगरपालिकाका इन्जिनियरमाथि कुटपिट गरेका छन्। नगरपालिकाका इन्जिनियर (अधिकृत छैटौँ) गणेश कार्कीमाथि निर्माण व्यवसायी कमल खड्काले बुधबार दिउँसो करिब ३ बजे नगर प्रमुखको कार्यकक्षबाहिर हातपात गरेका हुन्।

पालिका स्रोतका अनुसार, नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री, इन्जिनियर कार्की तथा निर्माण व्यवसायीहरूबीच पालिकासँग सम्बन्धित निर्माण कार्यका विषयमा छलफल भएको थियो। छलफलमा निर्माण व्यवसायी खड्काले आफूले पालिकामा पेस गरेको स्टक प्रमाणित गरिनुपर्ने माग राखेका थिए।

तर उक्त विषयमा आवश्यक थप अध्ययन र छलफलपछि प्रक्रिया अगाडी बढाइने नगरपालिकाको जवाफ थियो । छलफल सकिएर सहभागीहरू बाहिरिने क्रममा नगर प्रमुखको कार्यकक्षअगाडि निर्माण व्यवसायी खड्काले इन्जिनियर कार्कीमाथि एक्कासी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए।

कार्यालय समयमै सार्वजनिक निकायभित्र कार्यरत कर्मचारीमाथि भएको यस्तो दुर्व्यवहार अत्यन्त गम्भीर र निन्दनीय घटना भएको बताउँदै खत्रीले यसविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताए।

घटनापछि नगरपालिकामा केही बेर तनावको अवस्था सिर्जना भएको थियो।

0 Comments