१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक कर्मचारीमाथिको कुटपिटको निष्पक्ष छानबिन माग

अ+ अ-

काठमाडौँ । भोजपुरमा फिल्डमा खटिएका प्राविधिक कर्मचारीमाथि भएको कुटपिट घटनाप्रति गाईघाट-दिक्तेल सडक योजना कार्यालयका कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्। उनीहरुले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।

विज्ञप्तिअनुसार असार २५ गते बिहान करिब ९:३० बजे भोजपुर विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर आनन्दकुमार साह भोजपुर–मानेबञ्ज्याङ–बैँकु–घोरेटार–चतरा सडक आयोजना अन्तर्गत रामप्रसादराई गाउँपालिका–७ स्थित निर्माणाधीन सडक खण्डको अनुगमनका क्रममा कुटपिटमा परेका थिए। उनी निर्माण कार्यको गुणस्तर कायम गराउन आवश्यक निर्देशन दिइरहेका बेला उक्त घटना भएको कार्यालयले जनाएको छ।

कार्यालयले फिल्डमा खटिने प्राविधिक कर्मचारीहरू विकास निर्माणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहने उल्लेख गर्दै उनीहरूमाथि हुने यस्ता आक्रमणले कर्मचारीको जिउ-ज्यानको सुरक्षासँगै मनोबलमा गम्भीर असर पर्ने र विकास निर्माणका कामसमेत प्रभावित हुने जनाएको छ।

विज्ञप्तिमा घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्नुका साथै पीडित कर्मचारीलाई न्याय दिलाउन, आवश्यक उपचार तथा सहजीकरणको व्यवस्था गर्न र फिल्डमा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

साथै, घाइते सब–इन्जिनियर आनन्दकुमार साहको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै घटनाबाट प्रभावित सम्पूर्ण प्राविधिक कर्मचारीप्रति गाईघाट–दिक्तेल सडक योजना कार्यालयले ऐक्यबद्धता र पूर्ण समर्थन जनाएको छ।

कार्यालयले भविष्यमा यस्ता घटना दोहोरिन नदिन विकास निर्माणमा खटिने कर्मचारीको जिउ–ज्यानको सुरक्षा, समन्वय संयन्त्र तथा कानुनी संरक्षण प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार र सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ।

0 Comments