१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धानका मिसिल हेर्न सांसदको मागपछि इटहरीस्थित अख्तियार कार्यालयमा विवाद

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको अनुगमन टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा अनुसन्धानाधीन मिसिल हेर्न माग गरेपछि बुधबार विवाद भएको छ। आयोगका कर्मचारीले अनुसन्धानका फाइल उपलब्ध गराउन अस्वीकार गरेपछि केही समय सांसद र कर्मचारीबीच भनाभनको अवस्था सिर्जना भएको हो।

झुम्का कारागारसँगै अख्तियारको इटहरी कार्यालय अनुगमन गर्न पुगेका समितिका सदस्यहरू युवराज दुलाल, याज्ञमणि न्यौपाने, विष्णुमाया वि.क. र गजला शमीम मिकरानीले कार्यालयको कार्यसम्पादनबारे जानकारी लिएपछि अनुसन्धानाधीन उजुरीसम्बन्धी मिसिलसमेत हेर्न माग गरेका थिए।

कार्यालय प्रमुख यज्ञ पुरीले अनुसन्धानसँग सम्बन्धित कागजात कानुनअनुसार गोप्य रहने व्यवस्था भएकाले ती फाइल उपलब्ध गराउन नसकिने बताएका थिए। उनले अनुसन्धानको गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था र कर्मचारी आचारसंहिताको व्यवस्था उल्लेख गर्दै आवश्यक जानकारी केन्द्रीय कार्यालयको निर्णयबमोजिम मात्रै उपलब्ध गराउन सकिने बताए।

त्यसक्रममा सांसद याज्ञमणि न्यौपानेले आफूहरू मुद्दाको संख्या मात्रै सुन्न नभई अनुसन्धानको वास्तविक अवस्था बुझ्न अनुगमनमा आएको भन्दै उजुरीकर्ताको नाम वा संवेदनशील विवरण गोप्य राखेर भए पनि अनुसन्धानको प्रगति हेर्न पाउनुपर्ने धारणा राखेका थिए। उनका अनुसार अनुगमनको उद्देश्य कार्यालयको कार्यसम्पादन मूल्याङ्कन गर्नु भएकाले फाइलको अवस्थाबारे जानकारी आवश्यक छ।

सांसद युवराज दुलालले पनि समितिको अनुगमन सुशासन र कार्यसम्पादनको अवस्था मूल्याङ्कनका लागि भएकाले कानुनले गोप्य राख्नुपर्ने विषय बाहेकका विवरण उपलब्ध गराइनुपर्ने बताएका थिए।

यता, कार्यालय प्रमुख पुरीले भने अनुसन्धानमा रहेका कागजात सार्वजनिक गर्न वा देखाउन कानुनी आधार नरहेको स्पष्ट पार्दै त्यससम्बन्धी निर्णय आयोगको केन्द्रीय कार्यालयबाट मात्रै हुन सक्ने अडान दोहोर्‍याएका थिए।

समितिका सचिव विशाल सापकोटाका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिले कारागारसँगै अख्तियारका क्षेत्रीय कार्यालयहरूको समेत अनुगमन गरिरहेको छ। सोही क्रममा समितिको अर्को टोली कञ्चनपुरस्थित अख्तियार कार्यालय र कैलाली कारागारको अनुगमनमा गएको छ।

यसअघि भीमफेदी कारागारसँगै हेटौंडास्थित अख्तियार कार्यालयमा पुगेको समितिको अर्को अनुगमन टोलीको भ्रमण भने विवादरहित भएको थियो।

0 Comments