काठमाडौँ । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
नेपाली सेनाको सुबेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षी नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए ।
साथी पुजन र भाइ विक्रमलाई भने १ लाख धरौटीमा छाड्न आदेश दिइएको अदालतले जनाएको छ ।






