१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युजिल्याण्ड रोजगारीको प्रलोभन देखाएर ९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै एक व्यक्तिबाट ९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, गोपालगञ्ज स्थायी घर भएका ४२ वर्षीय सञ्जय कुमार रहेका छन्। उनी हाल काठमाडौँ महानगरपालिका-१८ मा बसोबास गर्दै आएका थिए।

प्रहरीले जनाएअनुसार कुमारले न्युजिल्याण्डमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने आश्वासन दिँदै एक सेवाग्राहीबाट ९ लाख ८० हजार रुपैयाँ लिएका थिए। रकम प्राप्त गरेपछि उनले लामो समयसम्म विभिन्न बहानामा पीडितलाई अलमल्याएको र अन्ततः सम्पर्कविहीन बनेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले कुमारलाई २०८३ असार १७ गते काठमाडौँ महानगरपालिका-१६ बाट नियन्त्रणमा लिएको जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरदकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेका कुमारलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

0 Comments