१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संस्थापनइतर समूहको बैठक गल्फुटारमा, प्रदेश भेलाको समीक्षा र आगामी रणनीतिमा छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक शुक्रबार गल्फुटारस्थित नेता पूर्णबहादुर खड्काको निवासमा सुरु भएको छ। समूहको भावी राजनीतिक रणनीति तथा सातै प्रदेशमा सम्पन्न प्रदेशस्तरीय भेलाको समीक्षा बैठकको मुख्य एजेन्डा रहेको जनाइएको छ।

बैठकमा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला र प्रकाशमान सिंह सहभागी भएका छन्। त्यसैगरी पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाश शरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना र मोहन बस्नेतलगायतको उपस्थिति रहेको छ।

बैठकअघि संस्थापनइतर समूहका नेताहरूबीच विभिन्न चरणमा आन्तरिक छलफल भएका थिए। बिहीबार बिहान पूर्णबहादुर खड्का र डा। शेखर कोइरालाबीच खड्का निवासमै भेटवार्ता भएको थियो। त्यसपछि खड्काले महाराजगञ्ज पुगेर पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग पनि छलफल गरेका थिए।

यसैगरी बिहीबार नै विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा। शशांक कोइरालाबीच बानेश्वर हाइटस्थित निधि निवासमा पनि परामर्श भएको थियो।

संस्थापनइतर समूहले यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। तीमध्ये कोशी प्रदेशको भेलामा डा। शेखर कोइरालाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका थिए।

आजको बैठकमा प्रदेश भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा आगामी राजनीतिक कार्यक्रम र रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।

0 Comments