१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जा मन्त्री श्रेष्ठद्वारा शुभारम्भ

अ+ अ-

काठमाडौँ । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मुड्केचुला गाउँपालिका-४ इलामा आयोजित कार्यक्रमका बीच सुरुङ निर्माणको शुभारम्भ गरेका हुन्।

सो अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्वमा अघि बढेको यो आयोजना डोल्पा र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि ‘कोशेढुंगा’ साबित हुने बताए । उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

मन्त्रालयकी सचिव सरिता दवाडीले स्थानीय समुदायको सकारात्मक सहयोगले आयोजना अघि बढाउन सहज भएको बताउँदै निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत स्वदेशी लगानी र स्थानीय सहभागिताको नमुना परियोजना भएको बताए । कम्पनीले १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कूल २३०.३५ मेगावाट क्षमताका दुई आयोजना विकास गरिरहेको उनको भनाइ थियो ।

आयोजनाले विद्युत् उत्पादन मात्र नभई कर्णाली र डोल्पाको भौतिक पूर्वाधारमा समेत ठुलो परिवर्तन ल्याएको छ । कम्पनीले भेरी नदीमा १०० मिटर लामो पक्की पुल र त्रिवेणी–मुड्केचुला खण्डमा १० वटा बेली ब्रिज निर्माण गरिसकेको छ ।

आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब रु १९ करोड ५० लाख तथा कर्णाली प्रदेश र स्थानीय तहले जनही रु नौ करोड ५० लाख ‘रोयल्टी’ प्राप्त गर्ने अनुमान गरिएको छ । यस परियोजनामा सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहनेछ ।

परियोजनाको कूल ऋण लगानी करिब रु. १६ अर्ब ६६ करोड स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), लक्ष्मी सनराइज बैँक, एभरेस्ट बैँक र एनआइसी एसिया बैंकको सह लगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।

0 Comments