२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलवस्तुमा मोटरसाइकलसहित स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँ बरामद

अ+ अ-

काठमाडौँ । कपिलवस्तुमा प्रहरीले स्रोत नखुलेको पाँच लाख ४८ हजार ५०० रुपैयाँ नगदसहित एक मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असार २० गते राति करिब १० बजे मायादेवी गाउँपालिका-२ स्थित पकडी-चाकरचौडा सडक खण्डमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गरिरहेका बेला लु ३५ प ८९५९ नम्बरको होन्डा मोटरसाइकलका चालकले प्रहरी देख्ने बित्तिकै मोटरसाइकल छाडेर फरार भएका थिए।

प्रहरी निरीक्षक गणेशप्रसाद जैसीको नेतृत्वमा रहेको टोलीले शंकास्पद अवस्थामा फेला परेको मोटरसाइकलको जाँच गर्दा सिटमुनि लुकाइराखिएको अवस्थामा नेपाली रुपैयाँ पाँच लाख ४८ हजार ५०० बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद नगद र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सुठौली भन्सार कार्यालय, कपिलवस्तु पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै फरार भएका व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले उल्लेख गरेको छ।

0 Comments