२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पले गरे इरानसँगको युद्धविराम समाप्त भएको घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम सहमति अब प्रभावकारी नरहेको बताएका छन्। उनले तेहरानसँग नयाँ सम्झौता वा संवाद अघि बढाउने इच्छा नरहेको धारणा सार्वजनिक गरेका छन्।

टर्कीको राजधानी अंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्धविरामको अवस्था समाप्त भएको बताएका हुन्।

अमेरिकी सेनाले इरानमा गरेको आक्रमण र त्यसपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी जवाफी कारबाही गरेको दाबी सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो भनाइ आएको हो।

ट्रम्पले इरानी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अब वार्ताको औचित्य नरहेको बताए। उनले इरानले आणविक हतियार हासिल गरे त्यसको प्रयोग गर्न सक्ने आरोप लगाउँदै तेहरानको व्यवहारप्रति अविश्वास व्यक्त गरेका छन्।

उनका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर इरानसँग सम्पर्कमा रहे पनि वार्ता पुनः सुरु गर्ने विषयमा अन्तिम निर्णय इरानकै हातमा रहनेछ।

ट्रम्पले गत जुन १७ मा अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी सहमतिलाई तेहरानले गलत रूपमा व्याख्या गरेको आरोप लगाए। उनले उक्त सहमतिमा इरानले आणविक हतियार विकास नगर्ने विषय समेटिएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै आएको बताए।

यसैबीच, युद्धविराम समाप्त भएको ट्रम्पको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको छ। मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न थालेको संकेत देखिएको छ।

Leave a Reply