२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महामन्त्रीको उम्मेदवारी पार्टी एकताका लागि फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता छैन’ : बुर्लाकोटी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले उक्त निर्णयलाई मन्त्री पदसँग जोडेर गरिएको राजनीतिक सम्झौता भन्ने चर्चा निराधार रहेको स्पष्ट पारे।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले संस्थापक महामन्त्रीका रूपमा आफ्नो दाबी स्वाभाविक भए पनि सो पदमा अन्य आकांक्षीसमेत रहेकाले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताए।

उनले हाल आफ्नो सम्पूर्ण ध्यान पार्टी निर्माण र संगठन विस्तारमा केन्द्रित रहेको उल्लेख गर्दै मन्त्री बन्ने सर्तमा कुनै सहमति वा लेनदेन नभएको जिकिर गरे।

प्रतिनिधि सभामा केही समयअघि भएको अमर्यादित घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन सम्बन्धी प्रश्नमा उनले संसद्को गरिमा र मर्यादा कायम रहनुपर्ने धारणा व्यक्त गरे। प्रतिवेदनको विस्तृत अध्ययन नगरे पनि सदनको मर्यादा विपरीत हुने गतिविधिमाथि कानुन र प्रतिनिधि सभा नियमावलीअनुसार कारबाही हुनुपर्ने उनको भनाइ थियो।

सुकुम्वासी समस्याका विषयमा सरकारले समाधान खोज्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले प्रारम्भिक तयारीमा केही कमजोरी देखिए पनि सरकारले आफ्नो १०० दिने कार्यसम्पादनमा यसलाई प्राथमिकताका साथ समेटेको बताए।

रास्वपाको विधानमा संसदीय दलको नेता फिर्ता बोलाउन सकिने व्यवस्थाबारे उनले पार्टी सभापतिलाई विधानको संरक्षकका रूपमा परिकल्पना गरिएको र पार्टीको नीति तथा निर्देशनभन्दा बाहिर कोही पनि जान नपाउने सिद्धान्तअनुसार उक्त व्यवस्था गरिएको स्पष्ट पारे।

यातायात व्यवस्थापन सुधारका विषयमा बोल्दै बुर्लाकोटीले ‘ब्लु बस’ अवधारणा चुनावी प्रतिबद्धता मात्र नभई नागरिक केन्द्रित कार्यक्रम भएको बताए। महिलामैत्री सार्वजनिक यातायात विस्तार गर्ने उद्देश्यले उक्त अवधारणा अघि सारिएको र त्यसको कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार पार्ने काम भइरहेको उनले जानकारी दिए।

उनले गोरखासहित दुर्गम जिल्लामा सार्वजनिक यातायात सेवाको पहुँच र व्यवस्थापन सुधार गर्ने नीति पनि सरकारले अघि बढाउने तयारीमा रहेको बताए।

Leave a Reply