२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्राउण्ड ह्याण्डलिङ विवाद : हिमालय एयरलाइन्सद्वारा क्यानलाई ७ दिनभित्र समस्या समाधान गर्न चेतावनी

अ+ अ-

काठमाडौँ । हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नीतिगत व्यवहार र निर्णय प्रक्रियाका कारण आफूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गर्दै समस्या समाधानका लागि सात दिनको समय दिएको छ।

निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले प्राधिकरणलाई बुझाएको पत्रमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भए पनि हालसम्म सेवा सञ्चालन गर्न नदिइएको उल्लेख गरेको छ। कम्पनीले माग सम्बोधन नभए कानुनी बाटो अवलम्बन गर्ने चेतावनी दिएको छ।

कम्पनीका प्रशासन उपाध्यक्ष विजयबहादुर श्रेष्ठमार्फत बुझाइएको पत्रमा हिमालय एयरलाइन्सले सन् २०२० मा आफ्नै विमानको भूमिस्थ व्यवस्थापन (सेल्फ ग्राउण्ड ह्याण्डलिङ) का लागि अनुमति प्राप्त गरेको दाबी गरेको छ। तर, प्राधिकरणले उक्त अनुमति नवीकरण गर्न अस्वीकार गरेपछि आफू सर्वोच्च अदालत जान बाध्य भएको कम्पनीको भनाइ छ।

सर्वोच्च अदालतको आदेशपछि अनुमति नवीकरण भए पनि आफ्ना कर्मचारीलाई विमानस्थल प्रवेशका लागि आवश्यक पास उपलब्ध नगराइएको कारण सेवा सञ्चालन गर्न नसकेको एयरलाइन्सले जनाएको छ।

कम्पनीका अनुसार सन् २०२० देखि हालसम्म आफ्नै ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न नपाउँदा नेपाल वायुसेवा निगमलाई सेवा शुल्कबापत ठूलो रकम तिर्नुपरेको छ। यसबाट ३ अर्ब ४६ करोड ४६ लाख ५७ हजार ३ सय ८० रुपैयाँ ८ पैसा बराबरको प्रत्यक्ष आर्थिक नोक्सानी भएको दाबी गरिएको छ।

हिमालय एयरलाइन्सले सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा कर्मचारी तालिममा समेत ठूलो लगानी गरिसकेको भए पनि विमानस्थल प्रवेश अनुमति नपाएको भन्दै यसलाई लगानीमैत्री वातावरण विपरीतको अवस्था भएको जनाएको छ।

कम्पनीले प्राधिकरणले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई लाभ पुग्ने गरी निजी क्षेत्रप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। यस्तो अवस्था विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्म अनुकूल नभएको पनि पत्रमा उल्लेख गरिएको छ।

हिमालय एयरलाइन्सले प्राधिकरणका महानिर्देशकलाई सम्बोधन गर्दै सात दिनभित्र कर्मचारीका लागि विमानस्थल प्रवेश पास उपलब्ध गराई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालनको वातावरण बनाउन माग गरेको छ।

तोकिएको अवधिमा माग पूरा नभए आर्थिक क्षतिपूर्ति दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाउने चेतावनी कम्पनीले दिएको छ। उक्त पत्रको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री र सचिवलाई समेत गराइएको छ।

Leave a Reply