३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक जरिवानाबारे फैलिएको दाबीप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । ट्राफिक नियम उल्लंघन बापत असुल हुने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले विशेष भत्ताका रूपमा पाउने भन्ने दाबीप्रति नेपाल प्रहरीले ध्यानाकर्षण जनाएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला दिनमा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त आशयका समाचार र टिप्पणी सार्वजनिक भइरहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो।

नेपाल प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन बापत संकलन हुने जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था छ। उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त सुविधा वा विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ।

तथ्य र आधिकारिक जानकारीबिनै अनुमानका आधारमा समाचार वा टिप्पणी प्रकाशन तथा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्न सक्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक विवादमा तान्न सक्ने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै, कुनै पनि समाचार वा सूचना सार्वजनिक गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ।

0 Comments