काठमाडौँ । सरकारले विपद् खोज तथा उद्धार कार्यमा परिचालित हुने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापनमा खटिने जनशक्तिको मनोबल अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सशस्त्र प्रहरीका विपद् खोज तथा उद्धारमा संलग्न कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।







