३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च क्षमताको उपकरण खरिद प्रकरणमा सुनिल पौडेलसहित पाँच जनालाई सजाय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन पदाधिकारीसहित पाँच जनालाई कसुरदार ठहर गर्दै सजाय सुनाएको छ ।

विशेष अदालत काठमाडौँको इजलास नं. १ ले मुद्दा नं. ०८१-CR-०१४२ मा सुनिल पौडेलसहित सफल श्रेष्ठ, रमेश पोखरेल र रामशरण गायकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिम जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको हो ।

अदालतले सुनिल पौडेललाई सोही ऐनको दफा २४ अनुसार थप तीन महिना कैद सजायसमेत हुने ठहर गरेको छ ।

मुद्दाको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रले आह्वान गरेको उच्च क्षमताको पूर्वाधार खरिदसम्बन्धी ठेक्कामा तोकिएको प्राविधिक मापदण्डअनुसार उपकरण आपूर्ति नभएको विषय विवादको आधार बनेको थियो ।

ठेक्का कागजातमा स्टोरेज कन्ट्रोलरका लागि प्रत्येक कन्ट्रोलरमा २४ कोर क्षमताका २.४ गिगाहर्ज इन्टेल एक्सन प्रोसेसर र १.५ टीबी डीआरएएम क्यास मेमोरी भएको व्यवस्था उल्लेख गरिएको थियो । तर आपूर्तिकर्ता कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिले उक्त मापदण्डभन्दा फरक २.१ गिगाहर्ज क्षमताको प्रोसेसर आपूर्ति गरेको अदालतको फैसलामा उल्लेख छ ।

विज्ञ परीक्षण प्रतिवेदनका आधारमा २.१ गिगाहर्ज क्षमताको प्रोसेसर तोकिएको २.४ गिगाहर्ज क्षमताको प्रोसेसरभन्दा कमजोर रहेको देखिएको अदालतले जनाएको छ । तर उपकरणहरू राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जडान भई सञ्चालनमा रहेको र सम्पूर्ण आपूर्ति रकम हिनामिना भएको अवस्था पुष्टि नभएकाले भ्रष्टाचार निवारण ऐनको दफा ८ (१) अन्तर्गतको आरोप भने कायम गर्न नमिल्ने अदालतको निष्कर्ष छ ।

अदालतले प्राविधिक परीक्षण प्रतिवेदनमा वास्तविक अवस्था उल्लेख नगरी तोकिएको मापदण्डअनुसार उपकरण आपूर्ति भएको भनी प्रतिवेदन तयार गरी स्वीकृत गर्ने कार्यलाई दफा १९ (२) अनुसारको कसुर मानेको हो ।

यसैगरी, आपूर्तिकर्ता वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष अरुण श्रेष्ठलाई उक्त कसुरमा मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै तीन महिना कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ । कम्पनीलाई समेत १० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको छ ।

सजाय पाएका सबै प्रतिवादीबाट पीडित राहत कोषका लागि जनही ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क दाखिला गर्नुपर्ने अदालतको आदेश छ ।

यस मुद्दामा प्रतिवादी निमबहादुर वलीलाई भने अदालतले सफाइ दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका लेखा कर्मचारी रहेका वली प्राविधिक मूल्याङ्कन तथा परीक्षण प्रतिवेदन तयार गर्ने प्रक्रियामा संलग्न नरहेको र कार्यालय प्रमुखको निर्देशनअनुसार भुक्तानी प्रक्रिया अघि बढाएको मात्र देखिएको भन्दै अदालतले उनलाई दोषी ठहर गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

विशेष अदालतले फैसलाको पूर्णपाठ तयार गर्न समय लाग्ने भन्दै संक्षिप्त फैसला मिसिलमा संलग्न गरी नियमानुसार प्रक्रिया अघि बढाउन आदेश दिएको छ । फैसला २०८३ साल असार ३० गते भएको हो ।

0 Comments