३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलकाता र विशाखापट्टनम बन्दरगाहमा पुगेको मल नेपाल भित्र्याउने प्रक्रिया अघि बढ्यो

अ+ अ-

काठमाडौँ । कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद गरेको मल नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। भारतका विभिन्न बन्दरगाहमा पुगेको मललाई आवश्यक प्रक्रिया पूरा गरी क्रमशः नेपाल भित्र्याउने तयारी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल भारतको विशाखापट्टनम बन्दरगाहमा ३० हजार मेट्रिक टन डीएपी मल र कोलकाता बन्दरगाहमा २७ हजार मेट्रिक टन डीएपी मल पुगेको छ। दुवै स्थानमा मल प्याकिङको काम भइरहेको छ भने विशाखापट्टनमबाट मल रेलमार्फत ढुवानीका लागि पठाइसकिएको छ। कोलकाताबाट पनि छिट्टै लोडिङ प्रक्रिया सुरु हुने जनाइएको छ।

सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत खरिद गरिएको थप डीएपी मल आगामी साउन ३ गते (१९ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, ३०-३० हजार मेट्रिक टन क्षमताका दुई जहाजमा ल्याइएको युरिया मल साउन १ गते (१७ जुलाई) कोलकाता बन्दरगाहमा पुग्ने कार्यक्रम रहेको छ।

हाल मल वितरणमा संलग्न दुवै कम्पनीसँग रहेको मौज्दात मल कृषि मल वितरण व्यवस्थापन कार्यविधिअनुसार बिक्री भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। बन्दरगाहमा पुगेका तथा आउने क्रममा रहेका मललाई भन्सार र ढुवानीसम्बन्धी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा देशभर आपूर्ति गरिने जनाइएको छ।

किसानलाई खेतीपातीको समयमा आवश्यक मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापन, ढुवानी र सम्बन्धित निकायबीचको समन्वयलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयको स्वकीय सचिवालयले जनाएको छ।

0 Comments