काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संगठनात्मक संरचना र आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
निर्णयअनुसार स्वीकृत संगठन संरचना र दरबन्दीका आधारमा सम्बन्धित मन्त्रालयहरूमा प्रशासनिक तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ।







