१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल औषधि लिमिटेडमार्फत दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादन विस्तार गर्ने योजनाअन्तर्गत नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ । मन्त्रालयका अनुसार आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

उक्त योजना कार्यान्वयनका लागि आवश्यक अनुसन्धान तथा विकास (आर एन्ड डी), गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीका कामलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक पर्ने अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ ।

समझदारी पत्र कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत तथा नियमित प्रणालीमार्फत सञ्चालन गरिने व्यवस्था मिलाइनेछ । यसबाट सरकारी खरिद प्रक्रिया थप व्यवस्थित हुने र नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको उपयोग तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ ।

यस पहलले स्वदेशी औषधि उद्योगको विकासलाई प्रोत्साहन गर्नुका साथै औषधिमा आत्मनिर्भरता बढाउने, आयातमा निर्भरता घटाउने र नागरिकलाई गुणस्तरीय तथा सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्य प्राप्तिमा योगदान पुग्ने मन्त्रालयको विश्वास छ।

0 Comments