१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको थाहा पाए आफैँ एक्सन लिन्छु : कर्मचारीलाई गृहमन्त्री गुरुङको चेतावनी

अ+ अ-

गृहमन्त्री सुधन गुरुङले गोरखामा कर्मचारीलाई सेवाग्राहीबाट घुस लिएको वा बिचौलियामार्फत काम गराएको थाहा पाए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले १५ मिनेटभित्र सेवा प्रवाह सुनिश्चित गर्न र एकद्वार प्रणाली प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

गोरखा । गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहका क्रममा सेवाग्राहीबाट रकम असुलेको वा बिचौलियामार्फत काम मिलाएको जानकारी पाए सम्बन्धित कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

शुक्रबार गृहजिल्ला गोरखा पुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयमा कर्मचारीसँगको भेटमा सुशासन सरकारको प्राथमिकता भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाइने बताएका हुन्।

उनले सेवाग्राहीसँग रकम लिएर काम मिलाउने वा बिचौलियामार्फत सेवा उपलब्ध गराउने गतिविधि सह्य नहुने स्पष्ट पारे।

‘बिचौलिया आएर यहाँ काम मिलाउने, नागरिकताको यो मिल्दैन, अलिकति पैसा दिए मिलाइदिन्छु भनेको मेरो कानमा मात्र पर्‍यो भने म व्यक्तिगत रूपमा आफैँ एक्सन लिन्छु,’ गृहमन्त्री गुरुङले भने,’मलाई पावरमा पठाएको कारण नै सुशासनका लागि हो, त्यसैले यसमा कुनै एक्सक्युज हुँदैन।’

गृहमन्त्री गुरुङले नागरिकले सहज र छिटो सेवा पाउनुपर्नेमा जोड दिँदै जिल्ला प्रशासन कार्यालयमा एकद्वार सेवा प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएको छ वा छैन भन्ने विषयको निरीक्षण गर्ने पनि बताए।

‘गृहमन्त्रीको जिल्लामै वान डोर सिस्टम लागू नभए अन्यत्र लागू गर्न गाह्रो हुन्छ। म भोलि यसको निरीक्षण गर्छु। कतै ग्याप देखे त्यहीअनुसार कारबाही हुन्छ,’ उनले भने।

सेवा प्रवाहको समयसीमा पनि कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गर्दै उनले सेवाग्राहीको काम १५ मिनेटभित्र सम्पन्न हुनुपर्ने बताए। कर्मचारीको कार्यसम्पादन मुल्यांकन पनि यही मापदण्डका आधारमा गरिने उनको भनाइ थियो।

‘१५ मिनेटभित्र नागरिकको काम बनिसक्नुपर्‍यो, सेवा प्रवाह भइसक्नुपर्‍यो। १५ मिनेटको ठाउँमा १६ मिनेट भयो भने म कम्प्रमाइज गर्दिनँ,’ उनले भने।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था मिलाउन गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई आवाजसहितको सिसिटिभी प्रणाली जडान गर्न निर्देशन दिएका छन्। उनका अनुसार उक्त प्रणालीमार्फत काठमाडौँबाटै कार्यालयको सेवा प्रवाहको अवस्था अनुगमन गर्न सकिनेछ।

0 Comments