२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री मेहताद्वारा राष्ट्रिय आयुर्वेद केन्द्रको अनुगमन

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्र, बूढानीलकण्ठको अनुगमन गरेकी छिन् । 

अनुगमनका क्रममा उनले केन्द्रबाट प्रदान भइरहेका सेवा, पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गरिन् ।

उनले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्द्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताएकी हुन् ।  यसबाट बढीभन्दा बढी नागरिकले केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन सक्ने विश्वास व्यक्त गरिन् ।

मन्त्रीले केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन् ।

साथै, केन्द्र परिसरमा स्थानीय रूपमा पाइने हर्रो, बर्रो, बोजो लगायतका औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण तथा सहयोग मन्त्रालयले गर्ने बताइन् । 

उनले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको स्वास्थ्य प्रणालीको महत्त्वपूर्ण अंगका रूपमा थप सुदृढ गर्दै गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गरिन् । 

0 Comments