३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल सुधार गृहलाई सुधार र पुन:स्थापना केन्द्रका रूपमा विकास गरिने

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

आईतवार सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताएकी हुन् । मन्त्री वादीकाअनुसार हाल देशभर भक्तपुर, मोरङ, पर्सा, हेटौँडा, कास्की, रूपन्देही, बाँके (जयन्दु र नौबस्ता), डोटी र नुवाकोट गरी १० वटा बाल सुधार गृह सञ्चालनमा छन् । ती सुधार गृहहरूको कुल क्षमता १ हजार ८५ रहेको भए पनि हाल १ हजार १९५ जना बालबालिका आश्रित छन् ।

केही समय अघिसम्म गैरसरकारी संस्था (युसेप नेपाल)ले व्यवस्थापन गर्दै आएका चार वटा सुधार गृहलाई गत वर्षको साउन १ गतेदेखि सरकारको पूर्ण नियन्त्रणमा ल्याइएको जानकारी पनि उनले दिइन् । उनकाअनुसार अधिकांश सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका हुनु, बालमैत्री भौतिक पूर्वाधारको अभाव हुनु र पर्याप्त सुरक्षा प्रबन्ध नहुनु मुख्य चुनौती रहेका छन् ।

बालबालिकाका लागि छुट्याइएको खाद्यान्न र खर्च (दैनिक ८० रुपैयाँ र ७०० ग्राम चामल) कैदी बन्दी सरह नै रहेको र यसले बढ्दो उमेरका बालबालिकाको पोषण आवश्यकता पूरा नगर्ने उल्लेख गर्दै उनले रासन र पोषण खर्च वृद्धि गर्न गृह र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताइन् । स्वास्थ्य उपचारका लागि सबै बालबालिकाको स्वास्थ्य बीमा गरिएको र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको दरबन्दी थप गरिएको जानकारी गराइन् । 

बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम १८ वर्ष उमेर पुगेका व्यक्तिहरूलाई साना बालबालिकासँगै राख्दा सुरक्षा र संरक्षणमा समस्या देखिएको स्वीकार गर्दै मन्त्री वादीले नुवाकोट र बाँकेको नौबस्तामा १८ वर्षभन्दा माथिका लागि छुट्टै व्यवस्था गरिएको बताइन् । सुधार गृहभित्रको सुरक्षा व्यवस्थामा हतियार र बर्दीविनाका नेपाल प्रहरी खटाउने कानुनी व्यवस्था रहेको तर कहिलेकाहीँ आन्दोलन र झैँ–झगडा हुँदा सादा पोशाकका प्रहरीलाई बालबालिकाले नटेर्ने समस्या देखिएको उनको भनाइ छ । मुद्दाको फैसला हुन लामो समय लाग्दा र अदालती प्रक्रियाका लागि पर्याप्त सवारी साधन नहुँदा व्यवस्थापनमा कठिनाइ भएको उनले उल्लेख गरिन् ।

मन्त्री वादीले भनिन्, ‘मन्त्रालयले बाल सुधार गृहका आवश्यकतालाई प्राथमिकताका साथ क्रमशः सम्बोधन गर्दै तिनलाई सुधार, शिक्षा, सीप विकास र सफल पुन:स्थापनाका प्रभावकारी केन्द्रका रूपमा विकास गर्न आवश्यक नीति, कार्यक्रम तथा स्रोत व्यवस्थापनमा निरन्तर पहल गरिरहेको छ । त्यसैगरी, बाल सुधार गृहको व्यवस्थापन, सेवा प्रवाह तथा समग्र बाल न्याय प्रणालीलाई समयानुकूल, प्रभावकारी र बालमैत्री बनाउन बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढिसकेको छ । विशेष गरी भैरहवा (रूपन्देही) स्थित बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले स्थान अभावको समस्या देखिएको विषयमा धेरै माननीय सदस्यहरूले जिज्ञासा व्यक्त गरिन् । यस समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै बाल सुधार गृहको व्यवस्थापन र विस्तारका लागि जिल्ला प्रशासन कार्यालय, रूपन्देही परिसरमा रहेको जिल्ला समन्वय समितिको कार्यालय भवन बाल सुधार गृहलाई हस्तान्तरण गरी उपलब्ध गराइदिन गृह मन्त्रालयसँग औपचारिक रूपमा समन्वय तथा अनुरोध गरिसकेको छ । यस सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढिसकेको छ र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

सरकारले बाल सुधार गृहको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री वादीले तनहुँको ढकाल टारमा निर्माणाधीन सुधार गृह अन्तिम चरणमा पुगेको र कर्णाली प्रदेशमा नयाँ सुधार गृह स्थापनाका लागि बजेट विनियोजन गरिएको बताइन् । हाल चार वटा सुधार गृहमा मात्र विद्यालय सञ्चालनमा रहेकोमा अन्यत्र पनि शिक्षाको पहुँच विस्तार गरिने र बालबालिकालाई व्यावसायिक तथा एआई सम्बन्धी सीपमूलक तालिम दिइने बताइन् ।

बालबालिका सम्बन्धी ऐन, २०७५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन् । भक्तपुर, कास्की र पर्साका सुधार गृहलाई नमुना केन्द्रका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको र भैरहवास्थित सुधार गृहमा रहेको अत्यधिक चाप कम गर्न जिल्ला समन्वय समितिको भवन हस्तान्तरणका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको पनि जानकारी दिइन् । 

मन्त्री वादीले संसदीय उपसमितिले दिएका सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने र चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

0 Comments