५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

अ+ अ-

कर्णाली । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतको आर्थिक वर्ष २०८२/८३ मा भए गरेका काम कारबाहीको वार्षिक प्रगति विवरण आज वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या सबैभन्दा बढी रहेको बताएको हो । अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आव २०८२/८३ मा कूल ९१५ मध्ये १६९ (१८ दशमलव ४६ प्रतिशत) मुद्दा जबरजस्तीकरणीका रहेको जानकारी दिए ।

लागुऔषधका १२०, रिट ७९, ज्यान मार्ने उद्योग ७७, कर्तव्य ज्यान ६२, सवारी ज्यान ३५, जबरजस्तीकरणी उद्योग २६, अंशवण्डा २५ र अन्य प्रकृतिका देवानी तथा फौजदारी मुद्दा ३२२ रहेको उनले बताए । यसरी जबरजस्तीकरणीका मुद्दा बढ्नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकारात्मक प्रभाव नै रहेको बताउँदै मुख्य न्यायाधीश भण्डारीले कूल मुद्दामा ७५५ फछ्र्योट र १६० बाँकी रहेको जनाए । 

उनका अनुसार तीन आर्थिक वर्षमा मुद्दाको लगत तुलना गर्दा पछिल्लो समयमा वृद्धि हुँदै गएको छ । आव २०८०/८१, २०८१/८२ र २०८२/८३ सम्मको तीन वर्षको अवधिमा जाजरकोट जिल्ला अदालतमा क्रमशः ३४२, ४११, ४१९, दैलेख जिल्ला अदालतमा ४६२, ५३३ र ५४४, रुकुम पश्चिम जिल्ला अदालतमा ६२०, ६७९ र ७८१, सल्यान जिल्ला अदालतमा ७२४, ७३१ र ८०९, सुर्खेत जिल्ला अदालतमा दुई हजार ७१६, दुई हजार ९१२ र तीन हजार १४६ मुद्दा सङ्ख्या रहेको छ ।

उच्च अदालत सुर्खेतमा भने २०८०/८१ मा ९१६, ०८१/०८२ मा ८३२ र ०८२/०८३ मा ९१५ मुद्दा सङ्ख्या रहेको छ । आव २०८२/८३ को कार्य प्रगतिलाई हेर्दा उच्च अदालत सुर्खेतले ८२ दशमलव ५, जाजरकोटले ८९ दशमलव ४, दैलेखले ७९ दशमलव ८, रुकुम पश्चिमले ७१ दशमलव २, सल्यानले ७३ दशमलव ४ र सुर्खेत जिल्ला अदालतले ६३ दशमलव २ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए ।

0 Comments