६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल औषधि लिमिटेडको अनुगमनपछि मन्त्री यादवको निर्देशन : सवारीसाधनको व्यवस्था र उत्पादन विस्तारमा जोड

अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गर्दै अत्यावश्यक औषधिको उत्पादन र वितरणलाई प्रभावकारी बनाउन आवश्यक सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिएकी छन्।

बुधबार गरिएको अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले संस्थाले हाल २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको जानकारी दिँदै औषधि ढुवानीका लागि प्रयोग हुने सवारीसाधनको अभावका कारण वितरणमा समस्या भइरहेको बताएका थिए। जेन–जेड आन्दोलनका क्रममा ढुवानीका लागि प्रयोग हुँदै आएको सवारीसाधन नष्ट भएपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसकेको उनको भनाइ थियो।

यसपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई आवश्यक सवारीसाधनको व्यवस्था गर्न तत्काल पहल गर्न निर्देशन दिइन्।

अनुगमनका क्रममा महाप्रबन्धक पनेरुले नेपाल औषधि लिमिटेड लामो समयको घाटापछि चालु आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा पुगेको जानकारीसमेत गराएका थिए।

उक्त प्रगतिप्रति सन्तोष व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्। कर्मचारी व्यवस्थापनदेखि संस्थाको सञ्चालन खर्चसम्म आफ्नै आम्दानीबाट धान्न सक्ने अवस्था विकास गर्नुपर्ने उल्लेख गर्दै उनले उत्पादन गरिएका औषधि आवश्यक परे न्यून नाफामा बिक्री गरे पनि संस्थाको वित्तीय दिगोपन सुनिश्चित गर्नुपर्ने धारणा राखिन्।

उनले संस्थामा आवश्यक जनशक्तिको अभावका कारण उत्पादन प्रभावित भइरहेको विषयमा पनि ध्यानाकर्षण भएको जनाउँदै समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री यादवले उत्पादन क्षमता अभिवृद्धि, सेवा विस्तार तथा संस्थाको दीर्घकालीन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै कर्मचारीलाई इमान्दारी र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न आग्रह गरिन्।

0 Comments