७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापालाई नेतृत्वमा पुर्‍याएर देश रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढेको विश्वप्रकाश शर्माको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक आलोचनाभन्दा पार्टीका संस्थापक नेता बिपी कोइरालाको विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीभित्रका फरक धारबीच हुने आलोचना–प्रत्यालोचनाले लक्ष्य प्राप्तिमा सहयोग नगर्ने धारणा राखे।

उनले बीपीको स्मृति दिवसलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय बनाउनुभन्दा उहाँका विचार, मूल्य र लोकतान्त्रिक संस्कारबारे बहस गर्नुपर्ने बताए। बीपीको राजनीतिक दर्शनलाई वर्तमान पुस्ताको आकांक्षा र २१औँ शताब्दीका युवाको चाहनासँग जोडेर समृद्धिको बाटो खोज्नुपर्ने उनको भनाइ थियो।

शर्माले परिवर्तनका लागि संघर्षसँगै ज्ञान, चेतना र मार्गदर्शन आवश्यक हुने बीपीको विचार स्मरण गर्दै काँग्रेसले नयाँ नेतृत्वमार्फत देश रूपान्तरणको लक्ष्य राखेको उल्लेख गरे।

उनका अनुसार काँग्रेस विशेष महाधिवेशनमार्फत गगन थापालाई पार्टी सभापति तथा राष्ट्रिय नेतृत्वको भूमिकामा स्थापित गर्दै उनलाई प्रधानमन्त्री बनाएर आगामी दशकमा देशलाई परिवर्तन गर्ने संकल्पसहित अघि बढिरहेको छ।

0 Comments