८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै

अ+ अ-

झापा । वैदेशिक रोजगारीका क्रममा भएका ठगी, घरेलु हिंसा, श्रम स्वीकृतिसम्बन्धी समस्या तथा उद्धारका गुनासा लिएर बिर्तामोड नगरपालिकामा आउने सेवाग्राहीको संख्या बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार वैदेशिक रोजगारीमा गएका महिलाले विशेषगरी कुवेतलगायत मुलुकमा घरेलु हिंसामा परेको, एजेन्टबाट ठगिएको तथा प्रवेशाज्ञाको वैधानिकताबारे जानकारी लिन नगरपालिकामा आउने गरेका छन् ।

“विसं २०८० यता करिब दुई हजारभन्दा बढीले वैदेशिक रोजगारीसम्बन्धी परामर्श लिएका छन्,” भट्टराईले भने, “वार्षिक चार सयदेखि पाँच सय जना श्रम स्वीकृतिको सहजीकरणको लागि रोजगार सेवा केन्द्रमा आउने गरेका छन् ।”

उनका अनुसार पछिल्लो समय भिजिट भिसामा विदेश गएर काम गर्ने र सामाजिक सञ्जालमा देखिएका आकर्षक विज्ञापनको भरमा प्रक्रिया अघि बढाउने प्रवृत्ति बढेकाले ठगीका घटना पनि बढिरहेका छन् । विशेषगरी युरोप पठाइदिने भन्दै गरिने भ्रामक प्रचारका कारण धेरै युवा आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेका छन् ।

“श्रम स्वीकृति लिएर मात्रै विदेश जानुपर्छ,” उनले भने, “श्रम स्वीकृतिबिना विदेश जाँदा कानुनी समस्या आउनुका साथै बिमा, सामाजिक सुरक्षा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाइने सुविधा पनि प्राप्त हुँदैन ।”

भट्टराईका अनुसार नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन, आवश्यक कागजात तयारी र अनलाइन प्रक्रियामा सहजीकरण गर्दै आएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिक बिरामी पर्दा आवश्यक समन्वय गर्ने तथा श्रमिकका एकाघरका परिवारमा घातक रोग लागेमा वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न सहजीकरण गरिरहेको छ । 

0 Comments