९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

अ+ अ-

कालीकोट । सुर्खेत-जुम्ला सडक खण्डअन्तर्गत कालिकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार प्रतिकूल मौसम र रातिको समयका कारण पहिरो पन्छाउने काम तत्काल सुरु गर्न कठिनाइ भएको छ। मौसममा सुधार आएपछि शनिबार बिहानदेखि आवश्यक उपकरण र जनशक्ति परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध भएकाले यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुरोध गरेको छ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न सबैमा आग्रह गरेको छ। मौसममा सुधार आउने बित्तिकै पहिरो पन्छाउने कार्य अघि बढाइने प्रहरीले जनाएको छ।

0 Comments