१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली सरकारको नेतृत्वमा नेकपाका मंगल शाही, मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया र आवश्यक तयारीबारे छलफलका लागि शाही निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलसँगै काठमाडौँ आएका छन्।

नेकपा र नेकपा (एमाले) बीच प्रदेश सरकार गठनका विषयमा भएको सहमतिअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले गर्ने तय भएको छ। प्रदेश सभामा नेकपाका १३ र एमालेका १० सांसद रहेकाले दुवै दलको संयुक्त समर्थनबाट सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था रहेको छ।

प्रदेश सभामा नेपाली काँग्रेसका १५ सांसद छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सांसद तथा नेकपा परित्याग गरी जनार्दन शर्मासँग आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का एक सांसद रहेका छन्। प्रदेश सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको व्यवस्थाअनुसार नयाँ मुख्यमन्त्रीका लागि मंगलबार साँझसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।

गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटसम्बन्धी सहमति भएको थियो। सोही सहमतिअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले पाउने निर्णय भएपछि संसदीय दलका नेता शाही मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन्।

0 Comments