१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । वार्ताका लागि अर्को अवसर प्रदान गर्न हाललाई सैन्य आक्रमणको निर्णय स्थगन गरिएको भए पनि संवादबाट निष्कर्ष ननिस्किए पुनः आक्रमण शुरु गर्ने उनले स्पष्ट पारेको हो ।

अमेरिकी अनलाइन न्युज पोर्टल एक्सियोसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भने, ‘हामी इरानसँग गम्भीर वार्ताको क्रममा छौँ । यदि यसबाट सकारात्मक परिणाम निस्किएन भने हामी पुनः कडा सैन्य कारबाहीमा फर्किनेछौँ ।’

कूटनीतिक समाधानका लागि कति समय दिनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले थप्नुभयो, ‘हामीसँग धेरै समय छैन । यो प्रक्रिया या त छिट्टै टुङ्गिन्छ, नत्र अगाडि बढ्दैन ।’

मध्यस्थकर्ता मुलुकहरू र अन्य क्षेत्रीय साझेदारहरूको आग्रहमा आफूले शुक्रवारका लागि तय गरिएको सैन्य आक्रमण रोकेको ट्रम्पले उल्लेख गरे । उनले अमेरिकी दबाबका कारण इरानी सैन्य शक्ति कमजोर भएपछि मात्र इरान वार्ताका लागि इच्छुक देखिएको दाबी समेत गरे । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी राम्रो वार्ता गरिरहेका छौँ, हेरौँ के हुन्छ । मलाई लाग्छ केही सकारात्मक नतिजा निस्कने सम्भावना छ । यदि वार्ता सफल भयो भने राम्रो, अन्यथा हामी दुई दिनअघिकै स्थितिमा फर्कनेछौँ ।’

इरानको मुद्दामा अमेरिकी प्रशासन र इजरायली सरकारको धारणा लगभग समान रहेको ट्रम्पको भनाइ छ । यसका साथै, हर्मोज जलसन्धि पार गर्ने क्रममा जहाजहरूमाथि भएको आक्रमणको क्षतिपूर्ति अमेरिकाको नियन्त्रणमा रहेको इरानी सम्पत्तिबाटै असुल गरिने उनले पुनः दोहोर्‍याए। ‘हामी उनीहरूले पुर्‍याएको क्षतिको भुक्तानीका लागि इरानकै पैसा प्रयोग गर्नेछौँ ।’ उनले भने । 

क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका रिपोर्टहरूकाअनुसार ओमान र इरानबीचको वार्तामा केही प्रगति भएको छ । यद्यपि, हालसम्म कुनै औपचारिक सम्झौता भने भइसकेको छैन ।

0 Comments