१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीका नवनियुक्त सिडिओ इश्वरी प्रसाद अर्यालले सम्हाले कार्यभार

अ+ अ-

सुनसरी। सुनसरीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरी प्रसाद अर्यालले कार्यभार सम्हालेका छन्। संखुवासभाको प्रमुख जिल्ला अधिकारीबाट सुनसरी सरुवा भएका अर्यालले सोमबार राति करिब १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर अर्याललाई सुनसरी पठाएको हो। घटनापछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखसमेत परिवर्तन गरिएका छन्।

कार्यभार सम्हालेलगत्तै अर्यालले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। उनले घटनापछि आन्दोलनमा रहेका दुवै पक्षलाई छुट्टाछुट्टै वार्ताका लागि बोलाउँदै संवादमार्फत समस्या समाधान गर्ने पहल अघि बढाएका छन्।

अर्यालले जिल्लामा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले संवेदनशील अवस्थामा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै संवाद र सहमतिबाट निकास खोजिने विश्वास व्यक्त गरेका छन्।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।

घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएर उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेको पनि सरुवा गरिएको छ। खनालले समेत सोमबार राति नै विराटनगर पुगेर कोशी प्रदेश प्रहरी प्रमुखको कार्यभार सम्हालेका छन्।

0 Comments