काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा सभामुखले उनीहरूसँग छलफल गरेका थिए ।
त्यसैगरी, मंगलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए । छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।






