काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि उक्त निर्णय सार्वजनिक गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दाहाललाई सदस्यका रूपमा मनोनयन गरिएको जानकारी दिए।






