१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति पुनरावलोकनको माग गर्दै निजी मेडिकल कलेजले रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड रोक्यो

अ+ अ-

काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिका केही प्रावधानप्रति असहमति जनाउँदै निजी मेडिकल तथा डेन्टल कलेजहरूले एमडीरएमएस तहका रेसिडेन्ट चिकित्सकलाई उपलब्ध गराउँदै आएको स्टाइपेन्ड स्थगन गरेका छन् ।

निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बिहीबारदेखि लागू हुने गरी स्टाइपेन्ड भुक्तानी रोक्ने निर्णय गरेको जनाएको छ । सरकारले डा. केसीसँग गरेको सहमति पत्रका बुँदा नम्बर ३ र ४ संशोधन वा खारेज नगरेसम्म उक्त निर्णय कायम रहने संस्थाको भनाइ छ ।

एसोसिएसनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्र पठाउँदै सहमतिका ती प्रावधानले निजी मेडिकल कलेजको सञ्चालन, लगानी र पूर्वाधार व्यवस्थापनमा प्रतिकूल असर पार्ने दाबी गरेको छ । संस्थाका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मन्त्रालयसमक्ष सहमतिका विवादित बुँदा सच्याउन आग्रह गरेका छन् ।

संस्थाले सरकारसँग यसअघि भएका समझदारीअनुसार निजी मेडिकल कलेजको एमबीबीएस सिट क्षमता क्रमशः विस्तार गर्ने आधारमा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड वृद्धि गरिएको जनाएको छ । सोही सहमतिअनुसार मासिक २० हजार रुपैयाँ रहेको स्टाइपेन्ड बढाएर ४८ हजार ७३७ रुपैयाँ पुर्‍याइएको र त्यसको आर्थिक व्यवस्थापनका लागि सिट संख्या विस्तार गर्ने समझदारी भएको एशोसिएशनको दाबी छ ।

सरकार र डा। केसीबीच भएको पछिल्लो सहमतिले निजी मेडिकल कलेजको एमबीबीएस सिट विस्तारसम्बन्धी व्यवस्थामा प्रभाव पार्ने भन्दै एसोसिएसनले आपत्ति जनाएको छ । संस्थाका अनुसार केही मेडिकल कलेजमा यसअघि १३० जनासम्म विद्यार्थी भर्ना क्षमताको व्यवस्था भएको र आगामी शैक्षिक सत्रदेखि १५० विद्यार्थी भर्ना गर्ने विषयमा समझदारी भएको थियो ।

एसोसिएसनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ कार्यान्वयनसँग सम्बन्धित प्रस्तावले निजी क्षेत्रको लगानी संरक्षण र आर्थिक स्वतन्त्रताको विषयमा प्रश्न उठाएको जनाएको छ । निजी लगानीमा सञ्चालित संस्थाहरूको अधिकार र पूर्वाधारअनुसार क्षमता विस्तारको अवसर सुनिश्चित गर्नुपर्ने उसको माग छ ।

संस्थाले सरकारसमक्ष चिकित्सा शिक्षा ऐनको सम्बन्धित दफा खारेज गर्नुपर्ने, आवश्यक मापदण्ड पूरा गरेका कलेजलाई एमबीबीएस, नर्सिङ तथा प्यारामेडिकल कार्यक्रमको विद्यार्थी कोटा बढाउन दिनुपर्ने, विदेशी विद्यार्थी भर्ना प्रक्रियालाई सहज बनाउनुपर्ने र चिकित्सा शिक्षाको शुल्क वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्ने माग अघि सारेको छ ।

एसोसिएसनले आफ्ना माग १५ दिनभित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । आन्दोलनबाट विद्यार्थीको अध्ययन तथा सर्वसाधारणको सेवामा असर परे त्यसको जिम्मेवारी सरकारको हुने दाबी पनि संस्थाले गरेको छ ।

मन्त्रालयमा पठाइएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन तथा सम्बन्धित मेडिकल र डेन्टल कलेजहरूलाई समेत जानकारी गराइएको एसोसिएसनले जनाएको छ ।

0 Comments