काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र लघुवित्त पीडित पक्षबीच बिहीबार भएको वार्ता सकारात्मक तथा समाधानमुखी दिशातर्फ उन्मुख भएको जनाइएको छ।
दुवै पक्षबीच माग तथा सम्भावित समाधानका उपायबारे विस्तृत छलफल भएको र संवादलाई निरन्तरता दिने सहमतिसहित बैठक स्थगित गरिएको हो।
वार्तालाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित शुक्रबार पुन: बैठक बस्ने तय भएको छ। आगामी छलफलमा बाँकी विषयमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ।






