काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको जनाएको छ।
परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो। स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ।
सूचनामा उल्लेख गरिएका यी ११ वटा परीक्षा केन्द्रहरू बाहेक अन्य केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिविले स्पष्ट पारेको छ।







